ताप्लेजुङ, चैत १७।
ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिपर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् ।


सोमबार राति १० बजे प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिपर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०÷२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिपर चालक सिन्धुली कमलमाई ४ बस्ने २४ बर्षीय याम कुमार बिक, सहचालक लमजुङ दोर्दि ६ किर्ती गाँउ बस्ने १८ बर्षीय कृष्ण बिक र ताप्लेजुङ पाथिभरा याङबरक २ थेचम्बु बस्ने २० बर्षीय मन्दिप लिम्बु घाईते भएका थिए । घाईते मध्ये कृष्ण बिकको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने क्रममा राति ११ बजे मृत्यु भएको थियो भने अन्य २ जना घाईतेको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्