दमक , चैत १८ । कामको खोजीमा आउने युवतीहरुलाई बेश्याबृति गर्न लगाउने दमकका दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक नगरपालिका वडा नं. ६ नयाँ सब्जी मण्डीस्थित घर भाडामा लिई दमक बजारमा कामको खोजीमा आउने विभिन्न उमेर समुहका युवतीहरुलाई सोही घरमा राखी बेश्याबृति गर्न लगाइएको् थियो । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चैत ६ गते खानतलासी गर्दा १७ देखि ३९ बर्ष उमेर समूहका ८ जना महिला तथा युवतीहरु फेला पारी उद्धार गरेको थियो । उनीहरुलाई सोधपुछ गर्दा मोरङ पथरीशनिश्चरे ३ बस्ने ३८ वर्षिया उर्मिला नेम्बाङ र ईलाम चुलाचुली ४ बस्ने ३८ वर्षिया बन्ठि भनिने नन्दिता साँवा लिम्बुले आफूहरुलाई बेश्याबृतिमा लगाएको बयान दिएका थिए । प्रहरीले तत्कालै सोही घरमा रहेकी उर्मिला नेम्बाङलाई पक्राउ गरेको थियो । त्यस्तै फरार रहेकी बन्ठी भन्ने नन्दिका साँवा लिम्बुलाई दमक ६ बाट चैत १५ गते प्रहरीले पक्राउ गरेको छ । पीडित महिला तथा युवतीहरुलाई उद्धार गरी पीडितको बयान झापा जिल्ला अदालतबाट प्रमाणित गराई आफन्तको जिम्मा लगाईएको र उनीहरुको बयानको आधारमा नेम्बाङ र लिम्बुलाई मानव बेचबिखन मुद्धा दर्ता गरी झापा जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्