बिर्तामोड , चैत १८ । उन्नतिशील महिला समूह बिर्तामोड –५ को आयोजनामा पाँच दिवसीय प्रस्तावना तथा माइन्यूट लेखन तालिम सम्पन्न भएको छ ।

समूहकी अध्यक्ष उमा तिम्सिना मिश्रको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा भएको तालिम समापनमा समूहकी उपाध्यक्ष यसोदा कार्की बस्नेतले स्वागत गरेकी थिइन् । कार्यक्रममा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य भावना आचार्य घिमिरे , तालिमका प्रशिक्षक पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालगायतले बोलेका थिए । त्यसैगरी तालिममा सहभागी पुजा मिश्र, रिया खनाल, अञ्जना गौतम, निर्मला ओडारी, धनमाया सापकोटालगायतले तालिम प्रभावकारी भएको बताएका थिए । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा ४० जनाभन्दा वढी महिलाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पूर्वाञ्चल दैनिकका उपसम्पादक निरौला र वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले गरेका थिए । कार्यक्रमको सञ्चालन समूहकी सचिव रुपा राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्