दमक, चैत २० । सामाजिक क्षेत्रमा क्रियाशील जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेशप्रसाद गौतम चुनिएका छन् ।

समाजको शुक्रबार दमकमा सम्पन्न दोस्रो साधारणसभाले दुईबर्षे कार्यकालका लागि पुनः गौतमलाई अध्यक्ष चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टंकप्रसाद दाहाल (सिदार्थ ) ,सचिवमा बेनुराज प्रसाईं ,प्रवक्तामा प्रदिपराज पौडेल र कोषाध्यक्षमा खगेन्द्र बराल चुनिए । यस्तै, सदस्यहरुमा चैतन्य बराल,बिमल शर्मा ,सुनिता निरौला पौडेल,भवानी पाण्डे (हरि ) र गंगा बराइली चयन भएका छन् ।
साधारणसभाको बन्दसत्रमा संस्थाका अध्यक्ष गौतमसहित कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित पारित गरिएको थियो । संस्थाले दमकमा सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।