झापा , चैत २० । प्रतिबन्धित लागूऔषधसहित फेरि एकजना पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो २.२० बजे भद्रपुर नगरपालिका वडा नं. ५ झिम्की चौकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक नगरपालिका ४ बस्ने २३ वर्षिय सुमन धिमाललाई पक्राउ गरेको हो । उनको साथबाट Phenergan – 20 Ampul, Diazepam – 20 Ampul, Lupigesic – 20 Ampul लागु औषध फेला पारी थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।
