कुमरखोद , चैत २० ।झापा गाउँपालिका क्षेत्रभित्रका प्राविधिक शिक्षा अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाई हौसला प्रदान गर्न प्रतिविद्यार्थी बाह्र हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

गाउँपालिका अध्यक्ष जयनारायण शाहको सभापतित्वमा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा शाहले युवा पुस्तालाई दक्ष जनशक्तिका रुपमा निर्माण गर्न प्रविधिमैत्री वातावरणको निर्माणमा गाउँपालिकाले आउने दिनहरुमा थप आवश्यक कदमहरु चाल्ने र सरकारसंग विभिन्न आवश्यक पहलहरु पनि गर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्