कुमरखोद , चैत २० । नेपाली काँग्रेसका विकासप्रेमी नेता देउमान थेवे झापा गाउँपालिका वडा न १ लसुनगंजमा भईरहेको धार्मिक अनुष्ठान श्रीमदभागवत महापुराण ज्ञान महायज्ञ र ४८ घण्टे अष्टजाममा सरिक भएका छन् ।

धार्मिक अनुष्ठान सँगसँगै स्थानीय व्यक्तिसँग भेटघाट र जनताका जनगुनासो र पिरमर्का बुझ्न उनी गएका थिए । भेटघाटकै क्रममा लसुनगंजका जेष्ठ नागरिक ८१ वर्षका झपटलाल यादवसँग दुःखसुखका कुराकानी गर्न समेत भ्याएका थिए । नेता थेवेसँग स्थानीयले संघीय सरकारले कुनै पनि राम्रो काम नगरेको , जनतालाई कोभिड १९ को बहाना बनाएर दुःख दिईरहेकोलगायतका जनगुनासोहरु पोखेका थिए ।
नेता थेवेसँगै नेतृ अन्जु थपलिया , सागिरथ गणेश, सुन्दरलाल गणेश , राजकुमार यादव , वरतलाल राजवंशी , राजकुमार कोच , कुमार गणेश , कुमार लिम्बू , सन्त निरौला , हरिमोहन गणेश , धनन्जय बराल, कमल पोख्रेललगायत धार्मिक अनुष्ठानमा सहभागी भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्