मोरङ, चैत २१ ।मोरङबाट शुक्रबार दिउँसो लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईटहरी २ का २५ बर्षीय अमृत मग्राती रहेका छन् ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर १६ दरैया बाट मग्रातीलाई एभिल ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल, डाइजाल्याप ३ एम्पुल र फेनारगन ३ एम्पुलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।