झापा , चैत २१ । झापामा एकजनासहित आज प्रदेश नं १ मा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।


सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिएकामा सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा १ पुरुष, धरान उपमहानगरपालिकामा १ महिला र दुहबी नगरपालिकामा १ पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसैगरी विराटनगर महानगरपालिकामा १ महिला २ पुरुषसँगै ३ जना, झापाको कनकाई नगरपालिकामा १ जना पुरुष र पाँचथरको कुम्मायक गाउँपालिकामा १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज प्रदेश नं १ मा २ महिलासहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म प्रदेश १ मा जम्मा ३० हजार ३ सय ३९ जनामा कोरोना सङ्क्रमण भएको छ ।
२९ हजार ८ सय २३ जना निको भएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ भने अहिले ५१ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्