झापा , चैत २२ । विवेकशील साझा पार्टीले देशभरि नै संगठन निर्माणलाई तिब्रता दिएको छ ।

यसक्रममा पार्टीको प्रदेश कमिटी र सचिवालय कमिटी गठन गरिएको छ । प्रदेश संयोजक महेन्द्रकुमार थापाको संयोजकत्वमा दमकमा सम्पन्न प्रदेश १ को बैठकले हाललाई २४ सदस्यीय प्रदेश कमिटी र ७ सदस्यीय प्रदेश सचिवालय निर्माण गरेको हो । प्रदेश कमिटीमा महेन्द्रकुमार थापा प्रदेश संयोजक, रमेश विष्ट सहसंयोजक , सुरज दङ्गाल सचिव, रमेशकुमार परियार कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरुमा मेदनी प्रसाईं, रामकुमार गिरी , डा.फरेन्द्र शाह, घनेन्द्र खनाल,हरि धिमाल,बुद्धिलाल पासवान ,भरत कँडेल, भोला रिजाल, बोधप्रसाद पराजुली ,टीकाराम भण्डारी ,निकु बस्नेत ,ध्रुव भण्डारी,राजनकुमार छ्वाहाङ , सुभाष भारती , सीमा कर्ण,फेकलाल सरदार ,सुदन श्रेष्ठ , रमेशकुमार परियार, मुकेश श्रेष्ठ ,अम्विका चापागाईं र त्रिलोचन उप्रेती रहेका छन् ।

त्यस्तै सात सदस्यीय सचिवालयमा .महेन्द्रकुमार थापा, रमेश विष्ट,सुरज दङ्गाल ,रमेशकुमार परियार,डा.फरेन्द्र शाह, सुभाष भारती र बुद्धिलाल पासवान रहेका छन् । प्रदेश कमिटी तथा सचिवालयको निर्माणसँगै प्रदेश १ भित्र आक्रामक रुपमा पार्टी संगठन निर्माणलाई तिब्रता दिने झापा जिल्ला संयोजक तथा प्रदेश सदस्य मेदनी प्रसाईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्