बिर्तामोड , चैत २२ । नेपाल पत्रकार महासंघ झापा शाखाको नयाँ नेतृत्वको लागि तीनवटा प्यानलले मनोनयन दर्ता गराएका छन् ।

नेपाल पे्रस युनियनसहित ११ वटा संगठनको एउटा प्यानल , ओली पक्षीय पे्रस चौतारीको अर्को प्यानल र ती दुवै प्यानलमा नअटेका कम्युनिष्ट विचारधाराका पत्रकारहरुको तेस्रो प्यानलले मनोनयन दर्ता गराएका हुन् । पे्रस युनियनसहितका तर्फबाट एकराज गिरी , पे्रस चौतारीका तर्फबाट विशाल नेम्बाङ र छुट्टै प्यानलका तर्फबाट रुपमा तीर्थ सिग्देलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । त्यस्तै एक खुल्ला उपाध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । पे्रस युनियनका तर्फबाट केशव भट्टराई , पे्रस चौतारीका तर्फबाट गोपाल झापालीसहित मुक्ति पौडेल र हिमाल खरेलले मनोनयन दर्ता गराएका छन् । त्यस्तै महिला उपाध्यक्षमा , पे्रस युनियनबाट सुशिला संग्रौला , चौतारीबाट सावित्रा दाहाल , सचिवमा युनियनबाट डिकेश लामा , चौतारीबाट सुब्रत न्यौपाने र छुट्टै प्यानलबाट प्रेम आचार्य , खुल्ला सहसचिवमा युनियनबाट राजु पाठक र चौतारीबाट विनोद सापकोटा , समावेशी सहसचिवमा युनियनबाट अर्जुन राजवंशी , चौतारीबाट देशराज नेम्बाङ र छुट्टै प्यानलबाट पार्थ मण्डल तथा कोषाध्यक्ष पदमा युनियनबाट रंजित प्रसाई र चौतारीबाट रमेश तिवारीले उम्मेद्वारी दिएका छन् ।उम्मेद्वारहरुको पूर्ण नामावली यस प्रकार छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्