दमक, चैत २३ । सामाजिक कार्यमा क्रियाशील संस्था लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानको सन् २०२१- २२ का लागि जिम्मेवारी बाँडफाड गरिएको छ ।

इटहरीस्थित लायन्स भवनमा आइतवार सम्पन्न लायन्सकर्मीहरुको भेलाले लायन्स अग्रजहलाई विभिन्न जिम्मेवारी प्रदान गरेको हो ।
जसअन्तर्गत क्याविनेट ट्रेजरमा उर्लावारीका कोमल शाक्यले जिम्मेवार पाए भने डिस्टिक गभर्नर ऐडमा दमकका अजय अग्रवाल मनोनित भएका छन् ।
दमकदेखि मोरङको पथरीसम्मको सम्पूणर् लायन्स क्लवहरुको जिम्मेवारी हेर्नेगरी लखनपुर लायन्सका ज्ञाननाथ पौडेल ( ज्ञानु ) लाई एम्प्याक्ट एरिया लिडरको जिम्मेवारी दिईएको छ ।
यसैगरी डिसाइबल चिफमा भुपाल कटुवाल, एनएएल चिफमा पवन अधिकारी ,सिनियर चिफमा बबरजंग थापा, रिजन चियर पर्सनमा दमकका दिवस राई,चन्द्र गजमेर, जोन चियर पर्सनमा दमककै क्रमशः तुलसीराम तिम्सिना, खेमनाथ सापकोटा, हेमसागर अधिकारी, रेगिना भट्टराई, ,बिष्णु पौडेल,काशी खाती र एडिसनल क्याबिनेट टे्रजरमा बिश्वासबाबु कास्यप मनोनित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्