कुमरखोद , चैत २४ । झापा गाउँपालिका वडा नं २ हवल्दार वस्तीमा रहेको उज्यालो कृषक समुहले अनुदानमा कृषि उपकरण ट्याक्टर पाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई झापाले मकैजोन विकासअन्तर्गत ५० प्रतिशत लगानीमा उज्यालो कृृषक समुह हवल्दार वस्तीलाई ट्याक्टर उपलब्ध गराएको हो । आज एक कार्यक्रमकाबीच उज्यालो कृषक समुहलाई ट्याक्टर हस्तान्तरण गरिएको थियो । उक्त ट्याक्टरको बजार मूल्य १४ लाख ७६ हजार रुपैयाँ रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाईको कार्यालयले कृषि उपकरण ट्याक्टर खरिदमा ७ लाख ३८ हजार रुपैयाँ सहयोग गरेको छ भने उज्यालो कृषक समुहको लगानी ६ लाख ३८ हजार रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदीले बताए । उज्यालो कृषक समुहले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए । अध्यक्ष शाहले यस गाउँपालिकामा ७० वटा कृषक समुहहरु दर्ता भएको र अभैm दर्ता हुने प्रकृयामा रहेको बताए । उनले झापा गाउँपालिकालाई मकैजोन सँगसँगै धान सुपरजोन बनाउने लक्ष्य रहेको जानकारी दिए ।
उज्यालो कृषक समुहका कोषाध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शाह , विशेष अतिथि वरिष्ठ कृषि अधिकृत रविन्द्र सुवेदी , कृषि अधिकृत सन्तोष थापा , वडा अध्यक्षहरु नेत्रबहादुर खड्का , टिका विश्वकर्मा ,कृषि प्राविधिक लक्ष्मी काफ्ले तथा समुहका सदस्यहरु सहभागी रहेका थिए । कार्यक्रमको संचालन सचिव मोहन कार्कीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्