मोरङ, चैत २५ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँस्थित पूर्व पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।


मंगलबार दिउँसो १ बजे पश्चिमतर्फ जाँदै गरेको ना४ख ७३२३ नम्बरको ट्रकलाई प्रदेश १–०२–०४३प ३७९५ नम्मरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा ट्रकसँग ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा १२ का ३५ बर्षीय महेन्द्र थापा गम्भीर घाईते भएका थिए । उनको हिजै बेलुका ५ बजे उपचारको क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
ट्रक र ट्रक चालक मकवानपुर हटौडा ७ बस्ने ३२ बर्षीय निलकुमार तामाङ नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्