बिर्तामोड , चैत २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं २ प्रदेश (क)को अध्यक्षमा शंकर रिजाल निर्वाचित भएका छन् ।

Advertisement

राप्रपा झापा क्षेत्र नं २ को क्षेत्रीय परिषद बैठकले प्रदेश (क) को अध्यक्षमा रिजाललाई निर्वाचित गरेको हो । यसअघि उनी तीन कार्यकाल बिर्तामोड नगर अध्यक्ष रहेका थिए । क्षेत्रीय अध्यक्ष नारायण राजवंशीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य राम थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्वाचन समितिका संयोजक भवानी राजवंशी र सहसंयोजक टंक कटुवालले रिजालको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत घोषणा गरेका थिए । कार्यक्रममा केन्द्रीय सम्पादन समिति सदस्य राजकुमार पोखरेल , प्रदेश सदस्य देवी दंगाल , जिल्ला उपाध्यक्ष देवराज रिजाललगायतले मन्तव्य राखेका थिए । जिल्ला सचिव केशव ओझाले संचालन गरेको कार्यक्रममा स्वागत क्षेत्रीय सचिव किरण पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्