गौरादह , चैत २६ । बिहीबार दिउँसो गौरादहमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।
दिउँसो १२.३० बजे गौरादह १ सितापुरी बस्ने अमरबहादुर श्रेष्ठको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो । आगलागीबाट श्रेष्ठको काठले बेरेको, टिनको छानो भएको एकतले दुईवटा घरमा आगलागी हुँदा घर पूर्ण पमा जलेर नष्ट भएको र घरभित्र रहेका अन्नपात, भाँडावर्तन,लत्ताकपडा, फर्निचर, सुन ३ तोला, चाँदी २० तोला गरी १७ लाख२० हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । उक्त आगो प्रहरी, दमकल, स्थानीयबासीले दिउँसो १.५२ बजे नियन्त्रणमा लिएका थिए । खाना पकाउने क्रममा चुलोबाट आगो सल्कन गई सो आगलागी भएको जनाइएको छ ।