बिर्तामोड , चैत २७ । प्रधानमन्त्री केपी ओलीको जिल्लामा बरिष्ठ नेता माधव नेपाल समुहको नेकपा एमालेको जिल्ला कमिटी गठन हुने भएको छ ।

देशैभर समानान्तर कमिटी गठन गरेको नेपाल समुहले झापामा पार्टी र जनबर्गिय संगठन निर्माण गर्न लागेको हो ।
बैशाख ३ गते बिर्तामोडको सिटी सेन्टरमा एक कार्यक्रमको आयोजना गरी नेपाल समुहले पार्टीको समानान्तर कमिटी गठन गर्न लागेको हो । कार्यक्रममा नेपालसहित स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुषालसमेत सहभागी हुने कार्यक्रम रहेको पार्टीका प्रदेश कमिटी सदस्य रोमणी भट्टराईले जानकारी दिए ।
पार्टीको जिल्ला कमिटी घोषणासँगै बिभिन्न जनबर्गिय संगठनहरुको जिल्ला कमिटीसमेत घोषणा हुने कार्यक्रम रहेको भट्टराईले बताए । जिल्ला कमिटी घोषणा कार्यक्रमलाई बृहत कार्यकर्ता प्रशिक्षणका रुपमा अगाडि बढाइने जनाइएको छ । एमाले बिभाजन हुनुअघि रहेको १७५ सदस्यीय जिल्ला कमिटीमध्ये ११७ जना माधब झलनाथ पक्षमा खुलेका छन् । नेपाल समुहको यो कार्यक्रमलाई झापामा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्