शिवसताक्षी , चैत २७ । आज राति शिवसताक्षी नगरपालिका ७ झारबारीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

स्थानीय रामबहादुर खड्काको घरमा राति ८ बजेतिर आगलागी भएको हो । आगलागीबाट खड्काको टीनले बारेको भुइतले घर र तीनवटा ग्वाली जलेर नष्ट भएको छ । दमक नगरपालिकाको दमकल , प्रहरी र स्थानीयले खड्काको परालको कुन्यु भने आगलागीबाट जोगाउने प्रयास गरिरहेको स्थानीय दिनेश श्रेष्ठले बताए । उनले आगलागीबाट १० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिए । आगलागीको कारण भने खुल्न सकेको छैन ।