झापा , चैत २७ । झापामा आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोड– ५ का एक महिला र एक पुरुष , गौरादह ४ का एक पुरुष तथा भद्रपुर ८ का एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आज चारजना थपिएसँगै जिल्लामा जम्मा संक्रमितको संख्या ४६ सय ४२ पुगेको छ । उपचारपछि डिस्चार्ज हुनेको संख्या ४४ सय ९७ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्