बुद्धशान्ति , चैत २८ । बुद्धशान्ति गाउँपालिका–३ स्थित सात नम्बर चोकस्थित मेची राजमार्गमा बोलेरो पिकअपले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति साढे ८.२० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ च ६४१३ नम्बरको पिकअपले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुष घाइते भएका थिए । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनापछि गाडीचालक मेचीनगर –३ बाहुनडाँगी बस्ने ५४ वर्षिय चुनचुन सन्तोष राई र बोलेरोलाई ईलाका प्रहरी कार्यालय बुधबारे झापाले नियन्त्रणमा लिएको छ ।