मोरङ, चैत २८ । मोरङ जहदा १ भुटाहा चोकमा निर्माणाधिन बाटोमा काम गर्ने स्काईभेटर अप्रेटरको बकेटले लागेर मृत्यु भएको छ ।

आफ्नै स्काईभेटरले लागेर स्काइभेटर चालक ताप्लेजुङ्गका २६ बर्षीय दिपक तामाङको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो साढे २ बजे स्काईभेटरको तेल हाली स्काईभेटरका अप्रेटर तामाङले आफैले स्काईभेटर चेकजाँच गर्दा स्काईभेटरको बकेट खुस्केर लाग्दा उनी घाईते भएका थिए । उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्