भद्रपुर, चैत २८ । भद्रपुरस्थित मेची रंगशालामा सम्पन्न मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको टोलीले हात पारेको छ ।

मेची रंगशालामा रहेको स्पोर्ट कभर्ड हलमा सम्पन्न प्रतियोगितामा सरोज राईको टोली दोस्रो, चिरञ्जीवि कोइराला र रमेश सुवेदीको टोलीले तेस्रो स्थान ल्याउन सफल भएको थियो ।
दिपेश ढकालको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी तिमिल्सिना र भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा गौरवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्