सुनसरी, चैत ३० ।सुनसरी धरान ३ शान्तिपथ स्थितमा आईतबार बेलुका साढे ५ बजे चेकजाँचको क्रममा गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमि ६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेका छन् ।
को१३प ६७८२ नम्बरको मोटरसाईकलमा सवार गरि आएका उनिहरुले बोकेको झोलाबाट लागूऔषध गाँजा २ केजी फेला परेको हो । उनिहरुले चढेको मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्