भद्रपुर, चैत ३० । जेष्ठ नागरिक संघ वडा समिति भद्रपुर नगरपालिका १० को दोस्रो अधिवेशनले हरिकिशोर आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

वडा कार्यालयको सभाहल चन्द्रगढीमा सोमबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा लक्ष्मी न्यौपाने , सचिवमा शालिग्राम नेपाल ,सहसचिवमा देवी बस्नेत र कोषाध्यक्षमा मुक्तिनाथ दाहाललाई सर्वसम्मत चयन गरेको हो ।
आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरुमा पद्मा चापागाई ,युवराज काफ्ले,तोेयानाथ अधिकारी र एकजना बाल क्लव प्रतिनिधिसहित ९ सदस्य रहेका छन् । आचार्यको अध्यक्षता तथा वडा अध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धनप्रसाद शिवाकोटी ,हेमप्रसाद खनाल, खड्गबहादुर खड्कालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शालिग्राम नेपाल र स्वागत कृष्ण उपाध्यायले गरेका थिए ।