उदयपुर, चैत ३१ । उदयपुर कटारी नगरपालिका ४ सिम्ले बस्ने ३९ बर्षीया मनकुमारी मगर दनुवारको मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएकी उनको उपचारको लागि शान्ति हेल्थकेयर मिर्चैया सिरहा पुर्याउनासाथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्