बिराटनगर,बैशाख १ । मोरङ सुन्दरहरैचा–७ बस्ने ६५ बर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको छ ।

आज बिहान सवा ५ बजे सुन्दरहरैचा–७ स्थित राजमार्गमा प्रदेश १– ०२–००१ ख ८५३० नम्बरको टिपरले पैदल हिडिरहेकी मैयालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिईन् ।
गम्भीर घाईते भएकी उनको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिपर र चालक सुन्दरहरैचा–५ का कुमार भण्डारी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी मोरङ सुनबर्षी–८ बस्ने ३० बर्षीय बिरेन्द्रप्रसाद मण्डलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान सवा ४ बजे सुनबर्षी–८ स्थितमा BR38R 8790 नम्बरको भारतीय मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार रहेका मण्डलको मृत्यु भएको हो । मोटरसाईकल चालक सोही स्थानका २९ बर्षीय चन्दन केवट नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्