झापा , बैशाख २ । झापाका पुराना पत्रकार, मानव अधिकारबादी तथा धार्मिक अभियन्ता कमल मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

४८ वर्षिय मिश्रको गएराति १ बजे उपचारको क्रममा कोभिड हस्पिटल टेकु काठमाडौंमा मृत्यु भएको उनका भान्जा पत्रकार तीर्थ सिग्देलले जानकारी दिएका छन् । विभिन्न रोगले ग्रसित उनी केही दिनदेखि अस्पतालमा भर्नारत थिए । बिर्तामोड ८ मा स्थायी बसोबास रहेका उनी केही वर्षदेखि सपरिवार काठमाडौंमा बस्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्