दमक, बैशाख ३ । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नयाँ बर्ष २०७८ को भित्तेपात्रो निकालेको छ ।

चुम्लुङको सांगठानिक गतिविधिहरुलाई समेटेर संस्थाले यस वर्ष पनि भित्तेपात्रो निकालेको हो । चुम्लुङ भवनमा शुक्रबार एक कार्यक्रमकाबीच भित्तेपात्रोको लोकार्पण गरिएको अध्यक्ष देवेन्द्र चेम्जोङले जानकारी दिए ।चुम्लुङले विगत पाँच वर्षदेखि संस्थागत रुपमा बर्षेनि नयाँ वर्षमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ ।
यसैबीच ,यहि बैशाख १० गते हुन लागेको चुम्लुङको दशौं नगर अधिवेशनको तयारी तीव्र पारिएको जनाइएको छ । स्थानीय किरात भवनमा हुने अधिवेशनमा चुम्लुङलाई योगदान पुरयाँउने एक दर्जनबढी विभिन्न व्यक्तिलाई सम्मानसहित नयाँ नेतृत्व चयन हुने अध्यक्ष चेम्जोङले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्