बिर्तामोड , बैशाख ४ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित भएका छन् ।

कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै एक कार्यक्रमकाबीच सम्मान गरेको हो । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भण्डारीलाई सम्मानपत्र प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि घिसिङले आफू कर्ममा बिश्वास गर्ने बताए । ‘एक्सन ओरेन्टेड हुनु पर्छ बोलेको कुरा पुरा गर्नुपर्छ ’उनले भने ,‘ जे बोलिरहेको हुन्छ त्यो पुरा गर्छ भन्ने ट्रस्ट दिलाउनुपर्छ ।’ उनले पोलिटिकल सिस्टमले नै देश बिगे्रको बताउँदै कर्मचारीतन्त्रलाई पोलिटिकल सिस्टमलाई तोड्न गाह्रो भएपनि सिस्टम ब्रेक गर्ने स्ट्रेन्थ राख्नु पर्नेमा जोड दिए । उत्कृष्ट नागरिक घोषणा भएसंगै पत्रकार भण्डारीलाई झापाका विभिन्न १ सय ३१ वटा संघसंस्थाले सामुहिक अभिनन्दन गरेका थिए । पुरस्कृत भण्डारीले यो पुरस्कारले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै अबको बाँकी जीवन देश र सभ्यताको लागि खर्चिने प्रतिबद्धता जनाए । कार्यक्रममा पत्रकार रामरिझन यादवले पनि बोलेका थिए । वीरता जेसीज बिर्तामोडले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशील एक जनालाई उत्कष्ट नागरिक घोषणा गर्दै सम्मान गर्दै आएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्