उदयपुर, बैशाख ४ । उदयपुर बेलका नगरपालिका १ आम्बासीस्थित बेलका मेडिकल पोलिक्लिनिक प्रा.लि. का संचालक लागूऔषधसहित पक्राउ परेका छन् ।

सप्तरी चिरहुत गाउँपालिका २ मैनाकडेरी का २६ वर्षीय सुबोध यादवलाई लागूऔषध र नियन्त्रित औषधीसहित पक्राउ गरिएको हो । बिशेष सूचनाको आधारमा प्रहरीले शुक्रबार राति ११ बजे क्लिनिकमा खानतलासी गर्दा TRAMADOl HYDROCLALORIDE -–१९८ ट्याब्लेट, DICYCLOMINE HYDROCLALORIDE -– ५१५ ट्याब्लेट,KOFTAB-D– ३०५ ट्याब्लेट, TRAMADOl HYDROCLALORIDE OPIDOL – १५०२ ट्याब्लेट, PREGOUT KIT १० SILDENAFIL– ४ ट्याब्लेट, ZUNUGRA RED १२ ट्याब्लेट र नगद एक लाख सत्र हजार , मोबाईल बरामद गरेको छ ।
बरामद गरिएको सामानसहित क्लिनिकका संचालक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ । पक्राउ परेका उनीमाथि अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्