भद्रपुर, बैशाख ५ । नयाँ वर्ष २०७८ को अवसर पारेर भद्रपुर १ स्थित दियालो प्रगतिशील वातावरण संरक्षण समितिले बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साविकको पृथ्वीनगरस्थित दिपक आधारभूत विद्यालय डि गाउँमा आयोजित निशुल्क शिविरमा ४ सय २४ जनाले स्वास्थ्य सेवा लिएका छन् भने ३ लाख ७५ हजार मूल्य बरावरको निशुल्क औषधि समेत वितरण गरिएको थियो ।
ग्रामीण बस्तीप्रति लक्षिण गरेर आयोजित स्वास्थ्य शिविरमा फिजिसियन, सर्जरी, बाल रोग, भिडियो एक्सरे, स्त्रीरोग, नाक कान घाँटी रोग, दन्त रोग र आँखा उपचार सेवा प्रदान गरिएको थियो । जसमा आँखा उपचार १ सय ८०, भिडियो एक्सरे ५९ र विविध स्वास्थ्य उपचार ४२४ जनाले लिएका छन् भने १७ जनाले रक्तदान समेत गरेका थिए ।
शिविरमा भद्रपुरमा रहेको ओम साई पाथिभरा अस्पताल, बिर्तामोडको मेची आँखा अस्पताल र रेडक्रस झापाको प्राविधिक तथा विशेषज्ञ सेवा सहयोग रहेको थियो । विरामीको आवश्यकता हेरेर स्वास्थ्य समस्या देखिएका विरामीहरूलाई ३ लाख ७५ हजार मूल्य बरावरका औषधि समेत दिइएको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले जानकारी दिए ।
दियाले प्रगतिशील वातावरण संरक्षण समितिका अध्यक्ष देवकुमार लिम्बूको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा ओम साई पाथिभरा अस्पताल भद्रपुरका निर्देशक बालकुमार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
मेदिनीप्रसाद शिवाकोटीले स्वागत तथा जीवन बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर १ का वडाध्यक्ष दशरथ प्रधानलगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्