मेचीनगर, बैशाख ५ । मेचीनगर ३ तेलपानीका एक दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

आइतवार विहान तेलपानीको संघर्ष चोकमा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेसहित विभिन्न पाटी परित्याग गरी उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेमा विनोद थापा, मित्रलाल अधिकारी, वेदमणी पोखरेल, वेदनिधि नेपाल, यामबहादुर न्यौपाने, तेजप्रसाद न्यौपाने, सोमप्रसाद ढकाल, सुरज राई, हर्कबहादुर राई र सुभाष राई रहेका छन् । विनोद थापा, वेदमणी पोखरेल यामप्रसाद न्यौपाने नेकपा एमालेमा लामो समय काम गरेका युवा सर्कलका लोकप्रिय व्यक्तिहरु हुन भने मित्रलाल अधिकारी एमालेका पुराना कार्यकर्ता हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डे, जिल्ला सदस्य निरज घिमिरे, जिल्ला सदस्य अनुपराज कार्की, पूर्व क्षेत्रीय सदस्य दिपक थापालगायतले अबिर लगाएर स्वागत गरेका थिए ।
साविकको बाहुण्डाँगी ५ मा पर्ने यो क्षेत्रमा दुई साताअघि मात्र ४२ जना युवा कांग्रेसमा प्रवेश गरेका थिए । वडा नम्बर ३ का वडा सभापति धनबहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शरद भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्