झापा , बैशाख ५ । करीव ६० वर्षदेखि पत्रकारिता गर्दै आएका झापाका अग्रज पत्रकार नकुल काजीले नेपाल पत्रकार महासंघको साधारण सदस्यसमेतबाट राजीनामा दिएका छन् ।

घुमाउरो पारामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । ‘म यो समय सन्दर्भको ती विधागत व्यवहारिक शैली बुझ्न असमर्थ हुन थालेको आत्मानुभूति भएकाले महासंघको साधारण सदस्य समेतबाट राजीनामा दिएको छु ’उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ । भद्रपुर ८ निवासी ७७ वर्षिय पत्रकार नकुल काजी विवेचना दैनिकका संस्थापक सम्पादक हुन् ।

नेपाल पत्रकार महासंघका संस्थापक महासचिव एवं कंचनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित भएको भोलिपल्ट पुराना पत्रकार नकुल काजीले महासंघबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्