बिर्तामोड , बैशाख ६ ।झापाको बिर्तामोड सिटी सेन्टरमा संचालनमा आएको आईसक्रिम ल्याव नेपालले आम्दानीको केही प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच दश थान डस्टविन मेची महाकाली सफाई अभियानलाई हस्तान्तरण गरेको छ ।
अभियानका सामाजिक अभियन्ता नितेश ओलीलाई कम्पनीका संचालक अर्चना खड्का राउतले डस्टविन हस्तान्तरण गरेकी हुन् । केही महिना अगाडी नेपालका ख्यातिप्राप्त गायक प्रमोद खरेलले उद्घाटन गरेको आइसक्रिम ल्याव छोटो समयमा अत्याधिक रुचाईएको क्याफे बनेको छ । ग्राहकको इच्छा अनुसार नाइट्रोजनबाट लाईभ आइसक्रिम बनाएर ग्राहकलाई दिँदा स्वादिलो हुने गरेको प्रतिक्रिया आम ग्राहकको छ । गुणस्तरीय बेकरी,केक,आईसक्रिम,कफिलाइभ बनाउनु यसको विशेषता रहेको छ । ड्राइगन ब्रेथ , वेल्जियम वफलका पारखीहरुका लागि एकमात्र गन्तव्य लाईभ शिखर आईसक्रिम ल्याव बनेको छ । लामो समय विदेशमा लिएको ज्ञान र सीपलाई नेपालमा अलग विशेषता तथा गुणस्तरीय सामग्रीहरु अन्तर्राष्ट्रिय मापदण्डअनुरुप उत्पादन गरेर स्वदेशमै काम गर्न पाउँदा खुशी लागेको ल्यावका मेनेजर सुनिल न्यौपाने बताउँछन् । स्थानीय स्तरमा रोजगारीको सृजना गर्नु ,उद्यमको विकास गर्नु तथा विदेशी स्वाद तथा गुणस्तरीय परिकार आम ग्राहकमाझ पुर्याउनु र कमाईको केही प्रतिशत सामाजिक क्षेत्रमा योगदान गरेर व्यवसायमा रमाउनु नै आफ्नो उद्धेश्य रहेको संचालक दिपेन्द्र राउत बताउँछन् । फेन्चाईज मोडलमा देशभरि नै आफ्नो शाखा विस्तार गर्दै लगिने तथा युवा उद्यमीहरुलाई यस अवधारणामा सहभागी गराउँदै उद्यम विकासमा टेवा पुर्याउने तथा वर्ष दिनभित्र एक सय जनालाई रोजगार दिलाउने लक्ष्यसहित अगाडि बढेको राउतको भनाई छ ।