दमक, बैशाख ६ ।नयाँ वर्ष २०७८ को उपलक्ष्यमा नेपाल महिला संघ दमक नगर समितिले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
संघले पार्टी कार्यालयमा एक कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो । संघीय सांसद महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले नयाँ वर्षलाई व्यक्तिगतसंगै पार्टी हितका लागि पनि उपयोगी बनाउनु पर्ने औंल्याए ।
कार्यक्रममा पूर्व सांसद विश्वदीप लिङदेन, महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, महिला संघकी क्षेत्रीय सभापति रेगिना भट्टराई प्रसाई, पार्टी नगर सभापति रोशन बिष्टलगायतले शुभकामना राखेका थिए ।
त्यस्तै, संघकी महाधिवेशन प्रतिनिधिहरु गोमा बुढाथोकी,चन्द्रा खड्का भट्टराई, संघकी पूर्व नगर सभापति लता चापागाईलगायतले समेत शुभकामना राखेका थिए ।
संघकी नगर सभापति मन्दरा चिमरिया पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा संघकी नगर उपसभापति गोमा आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।