मेचीनगर, बैशाख ७ । नेपाली कांग्रेसले झापा जिल्लाका प्रथम शहीद विश्वनाथ घिमिरेको शालिक निर्माण गर्ने भएको छ ।

शालिक निर्माण गर्नका लागि नेता राम कट्टेलको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ । शहीद विश्वनाथ घिमिरेलाई पंचायतकालमा लोकतन्त्रबादी नेपाली कांग्रेसको नेता भएका कारण षडयन्त्रपूर्ण शैलीबाट ईटाभट्टा नजिक गोली हानी हत्या गरिएको थियो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति मनि उप्रेतीको अध्यक्षतामा बसेको बैठकले कट्टेलको अध्यक्षतामा निर्माण समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नबिन बराल र सचिवमा निरज घिमिरे रहेका छन् । त्यसैगरी नगर तथा क्षेत्रका पार्टी कार्यकर्ता , केन्द्रीय प्रवक्ता बिश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू साथै जिल्ला सभापति उद्धव थापा ,अग्रज नेताहरू ,जिल्ला पदाधिकारीलाई सल्लाहकारमा राखिएको छ । बैठकमा शहीद घिमिरेका साहिला छोरा भगिरथ घिमिरे,नातिहरू पंकज र निरज घिमिरेसहित परिवारका धेरै सदस्यहरूको उपस्थिति रहेको थियो । त्यस्तै बैठकमा जिल्ला सचिवहरू ताराबीर कटुवाल,प्रेम सम्बाहाम्फे , जिल्ला सदस्य भरत सुब्बा,निरज घिमिरे ,अनुप कार्की , नेता केदारप्रसाद ढकाल ,पूर्ब सभापति ढुण्डीराज पौडेल ,निर्वाचित वडा अध्यक्ष नबिन बरालसहित पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।समितिले यथाशिघ्र प्रतिष्ठान बनाई शालिक निर्माण गरी अनावरण गर्ने अध्यक्ष कट्टेलले बताए । शहीदका नाति निरज घिमिरेको बाहुन्डाँगीस्थित घरमा सो बैठक बसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्