झापा , बैशाख ७ । झापाका १२ सहित प्रदेश १ मा मंगलबार ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको बिर्तामोडमा ३ महिला र २ पुरुष गरी ५ जनामा संक्रमण देखिएको छ । वडा नं ५ बस्ने उनीहरुमध्ये दुईजनाको ठेगाना झापा गाउँपालिका ३ भएको जनाइएको छ । त्यस्तै दमकका एकजना पुरुषमा संक्रमण देखिएको छ । त्यसैगरी मेचीनगरमा एक महिला र ४ पुरुष गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ । तीमध्ये दुई जना मोरङ र ३ जनाको ठेगाना अर्जुनधारा ५ भएको जनाइएको छ । त्यस्तै कनकाई वडा नं ३ र अर्जुनधारा वडा नं ६ का एक–एक महिला र एक–एक पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी कचनकवलका दुई महिला र एक पुरुष तथा कमल ५ का एक पुरुषलाई पनि संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७ जनालाई एन्टीजेन र ५ जनालाई पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको सो कार्यालयले जनाएको छ । योसँगै झापामा संक्रमितको सँख्या ४ हजार ७१० पुगेको छ ।
त्यस्तै मोरङको विराटनगरमा १६ महिला र ३१ पुरुषसहित ४७, बुढीगंगामा ३, रंगेली र सुन्दरहरैचामा २–२, कानेपोखरीमा १, सुनसरीको इटहरीमा ११, धरानमा ७, इनरुवा र बर्जूमा २–२, गढी र बराहक्षेत्रमा १–१, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको सँख्या ३० हजार ७९९ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९२३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ४०४ पुगेका छन् । प्रदेश १ मा मंगलबार ५२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्