सपना आचार्य,
माई ,बैशाख ८ । गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेतीसम्बन्धी १८ दिने सीप विकास तालिम दानाबारीमा सम्पन्न भएको छ ।

पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रालि ईलामको आयोजना र माई नगरपालिका ईलामको सहयोगमा तालिम सम्पन्न भएको हो । खेमराज भट्टराईको सहजीकरणमा सम्पन्न तालिममा माई नगर क्षेत्रभित्रका १४ जनाको सहभागिता रहेको थियो । माई–४ का वडाध्यक्ष सूर्यप्रसाद दुलालको प्रमुख आतिथ्यता, आयोजक संस्थाका हेमन्त गौतमको अध्यक्षता र निरुता थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष दुलाल, माई प्रशासन शाखा प्रमुख नविनकुमार पौड्याल, करुणा फाउण्डेसन नेपाल माईका समुदाय संयोजक विमल दहाल, सहभागीहरु सुकबहादुर राई र देवीमाया योङहाङलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापनमा सहभागीहरुले कृषि औजार, वाली विमा, थोपा सिँचाईसम्बन्धी सहयोग, उत्पादित सब्जी भण्डारणलगायतमा स्थानीय सरकारसंग सहयोगको अपेक्षा गरेका थिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्