सुनसरी, बैशाख ८ । सुनसरी ईटहरी १२ खनार चोकमा संचालनमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगलागी हुँदा करोडौको क्षति भएको छ ।

मंगलबार दिउँसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मेशिन अचानक पड्किएर भएको उक्त आगलागी ४ वटा दमकल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

उक्त आगलागीबाट अन्दाजी १० करोड बराबरको क्षति भएको जनाइएको छ । सो आगलागीबाट मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्