भद्रपुर , बैशाख ९ । भद्रपुरमा ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ९ निवासी ६७ बर्षीया गायत्रीदेवी प्याकुरेलले रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहर िनायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार भद्रपुर १० स्थित मेची राजमार्गअन्तरगत चारआली– केचना सडकखण्डमा बिहीबार बिहान साढे ९ बजे मे १ क २६७ नम्बरको ट्रकले मे १ ख ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको थियो । ठक्करबाट सिटीमा सवार प्याकुरेल सडकमा लडेको र ट्रकको चक्काले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि गइरहेकी थिइन् । ट्रक भद्रपुरस्थित दक्षिणकाली प्यालिष्टक उद्योगको भएको प्रहरीले जनाएको छ । पानीको ट्यांकी लोड गरिएको ट्रक चारआलीतर्फ गइरहेको थियो । दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्