बुधबारे , बैशाख ९ । आज साँझ बुधबारेमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ भने अर्का सिकिस्त छन् ।
साँझ ५.३० बजे बुद्धशान्ति ३ स्थित बिनोद मोक्तानको माछा पोखरीमा स्थानीय धनबहादुर चौहानका छोरा १४ वर्षिय सुजन चौहान र सोही ठाउँका हरिप्रसाद पौडेलका छोरा १३ वर्षिय नितेश पौडेल स्कुलबाट घर फर्किने क्रममा पौडी खेल्न गएका थिए । पोखरीमा पसेका सुजनलाई स्थानीयले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल पुर्याएका थिए भने नितेश डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएर पोखरीको पानी सुकाई खोजतलास गर्ने क्रममा साँझ ७ बजे पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।