झापा , बैशाख १० । दुई ट्राफिक प्रहरीसहित आज झापामा १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जना प्रहरीसहित बिर्तामोडमा ३ जनालाई कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै अर्जुनधारा नगरपालिकाका ३ महिला र एक पुरुष , भद्रपुर र गौरादह नगरपालिकामा एक–एक महिला र एक–एक पुरुष ,दमक नगरपालिकामा एक महिला र ४ पुरुष र मेचीनगर नगरपालिकामा एक पुरुषलाई कोरोना लागेको हो । योसहित झापामा कोरोना संक्रमितको सँख्या ४ हजार ७५६ पुगेको छ । त्यसमध्ये ४ हजार ५१४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्