दमक,बैशाख १० । दमक १ निवासी संगीता सेरेङ (इक्सा)को अध्यक्षतामा नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) दमक नगर कमिटी गठन भएको छ ।

माओवादी नेतृ धर्मशीला चापागाईँको प्रमुख आतिथ्यतामा शुक्रबार पार्टी कार्यालय वालुवाटारमा सम्पन्न नगरस्तरीय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
कमिटीको सदस्यहरुमा तारा राई ,एलिसा बर्देवा , पुष्पा लिम्बू , समिरा पोख्रेल , सुष्मा अधिकारी , शान्ति धिमाल ,कल्पना तामाङ घिमिरे , हिमा श्रेष्ठ , देवी आङदेम्वे, सरस्वती नेपाल ,बिष्णु धिमाल ,अनिमा तामाङ , बिन्दु सिटौला लक्की, गोमा ढकाल , तारा राई, छमिला तामाङ , मिरा गौतम ,शशिकला बन्जरा रहेका छन् । त्यस्तै सानू बस्नेत ,बिमला बिक, रुपमणी राई, सरु कार्की , कमला राई, बन्दना लिम , लिला राय, कुमारी धिमाल ,बिनिता फुयँल , सपना कालिकोटे र अनिता मल्लिक सदस्य चुनिएको सो पार्टी जनाएको छ ।
नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएपछि ती पार्टीहरुले आफ्ना जनवर्गीय संगठनहरुको समेत पुनर्गठन गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्