झापा, बैशाख ११ । झापाको दमकमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

दमक नगरपालिका २ त्रिवेणी टोलकी १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरिएको मोटरबाट करेण्ट लागेर गम्भीर घाइते भएकी थिइन् ।उनको एड्भान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्