दमक, बैशाख१२ । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलिप राईलाई पत्नीशोक परेको छ ।

पाँचथरको रविमा जन्म भई हाल झापाको कमल गाउँँपालिका वडा नम्बर ५ मंगलवारे बजारमा बसोबास गर्दै आएका उनका ७२ बर्षिया श्रीमती इन्द्रकुमारी राईको आज बिहान निधन भएको हो ।
श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएकी उनको आज बिहान १.३० वजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आज नै बिहान ११ वजे कमल ५ सावित्रा चौंक उत्तर जंगलमा अन्त्येष्टि गरिने जनार्ईएको छ । उनका एक छोरा सुमन र छोरी समिता राई छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्