बिर्तामोड , बैशाख १२ । झापा बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षको ९ महिनामा ८ करोडबढी नाफा कमाएको छ ।

सो सहकारीले साउनदेखि चैत मसान्तसम्म ८ करोड २६ लाख २३ हजार २४१ रुपैयाँ नाफा कमाउन सफल भएको हो । कोरोना संक्रमणका कारण सहकारीले यस वर्ष ८ करोड नाफा कमाउने लक्ष्य राखेको थियो । जसलाई ९ महिनामै पार गरिसकिएको संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले बताए । त्रैमासिक उपलव्धिका बारेमा जानकारी दिन आइतबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष श्रेष्ठले असारको लक्ष्य चैत महिनामै मिट गरिएको जानकारी दिए । उनले आगामी असारसम्म १० करोड नाफा पुग्ने अनुमान गरे । संस्थाले समयभन्दा अगावै तोकिएको लक्ष्य पूरा गरेको हो । अध्यक्ष श्रेष्ठले संस्थाले अनपेक्षित रुपमा सफलता हात पार्ने क्रममा २०८० को भिजनलाई समयभन्दा अगावै पूरा गरिसकिएको जानकारी दिए । उनले अब त्यसलाई पुनरावलोकन गरिने जानकारी दिए । संस्थाले कोरोना महामारीका कारण स्वास्थ्य तथा शिक्षामा विशेष ध्यान दिने भएको छ ।
कोरोना महामारी वढ्दै गइरहेकोले संस्थाले सदस्यहरुका लागि स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिने जनाएको हो । कोभिड–१९ लाई मध्यनजर गर्दै संस्थाको आगामी रणनीति तय गरिने संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
झापाका १५ वटै स्थानीय तह तथा मोरङ र इलाम जिल्ला गरेर २७ वटा सेवाकेन्द्र सञ्चालन गरेको उनले बताए । २ सय ३ जना कर्मचारी रहेको संस्थाले नयाँ सेवाकेन्द्रमा ३८ जना कर्मचारी थप गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । ३८ हजार ७ सय ८१ जना शेयर सदस्य रहेको संस्थाको शेयरपूँजी ३४ करोड ७५ लाख ३० हजार ८ सय पुगेको छ । संस्थाले चैत मसान्तसम्मा १ अर्व ३६ करोड ४७ लाख ३४ हजार ५ सय ३८ रुपैयाँ बचत गरेको छ भने २ अर्व ७५ करोड ९३ लाख ६२ हजार ५२ रुपैयाँ लगानी गरेको छ । कोरोना महामारी भएपनि सदस्यलाई संस्थाको सेवाबाट बञ्चित नगराइने अध्यक्ष श्रेष्ठको भनाई छ ।

संस्थाले स्थापना गरेको उपचार कोषको सदस्य बनेका सदस्यलाई १० लाख रुपैयाँसम्म उपलब्ध गराउने लक्ष्य राखेको संस्थाका सचिव भूपाल बस्नेतले बताए । उपचारकोषको सदस्य बन्न पहिलो वर्ष ५ हजार र प्रत्येक वर्ष एकहजार रुपैयाँ कोषमा जम्मा गर्नुपर्ने सचिव बस्नेतले बताए ।
संस्थाले सदस्यको सुविधाको लागि कर्णाली एप्स् निर्माण गरी मोवाइल वैकिङ सेवा सञ्चालन गरिसकेको संस्थाका कार्यकारी प्रमुख चिदानन्द सुवेदीले जानकारी दिए । कार्यक्रमका स्वागत संस्थाका उपाध्यक्ष इश्वरीप्रसाद खरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्