बिर्तामोड, बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको अध्यक्षमा केशवप्रसाद ओझा सर्वसम्मत चयन भएका छन् ।

पार्टीको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ओझा अध्यक्ष पदमा चयन भएका हुन् । यसअघि ओझाले पार्टीको सचिव पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए । अध्यक्ष पदका दावेदार उपाध्यक्ष कमल खरेलले सचिव ओझालाई छाडेपछि अध्यक्षमा ओझा सर्वसम्मत भएका हुन् । दुई दिनअघि नै पार्टीको जिल्ला अधिवेशनबाट पदाधिकारीको टुङ्गो लागेपनि अध्यक्ष पदका लागि पार्टीका उपाध्यक्ष खरेल र सचिव ओझाले इच्छा देखाएपछि सहमति जुटेको थिएन । योसंगै राप्रपा झापाको कार्यसमितिले पूर्णता पाएको छ । समितिको सदस्यहरुमा क्षेत्र नम्वर १ बाट सुशिल आचार्य, भेषराज प्रसाई, शारदा पराजुली, सुशिला शर्मा , २ बाट हेमप्रसाद भट्टराई, भीमनाथ सापकोटा, मनोजकुमार बोहोरा,नवराज भट्टराई, वेदप्रकाश अग्रवाल,कुशुम राई र तारा बस्नेत , ३ बाट शेरवहादुर तामाङ, सीतादेवी लम्साल, खगेन्द्र पाण्डे, दिलकेशर थापा, निमसरी राजवंशी, रुद्रमणि अर्याल, अभिषेक ढुङ्गाना, लक्ष्मीदेवी मैनाली, कृष्णकुमार सुब्बा, ४ बाट तारामाया राई, राम न्यौपाने, शहरमान कटुवाल, खेमराज कार्की, शंकर नेपाल र विष्णुभक्त थापा तथा ५ बाट विजय बराल, भीमादेवी घतानी, राम तामाङ, भीमबहादुर बस्नेत, भरीपूर्ण राई विष्णुप्रसाद पौडेल, सेलिना राई, देवीबहादुर थापा र चन्द्रबहादुर थापा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यसैबीच झापाका १५ वटै स्थानीय तह र पाँचवटै निर्वाचन क्षेत्रका लागि राप्रपाले नेतृत्व चयन गरेको छ । १५ स्थानीय तहमध्ये मेचीनगरमा सविना बजगाई, भद्रपुरमा राधा कार्की, बिर्तामोडमा रञ्जु प्याकुरेल, अर्जुनधारामा सूर्य खतिवडा अध्यक्षमा चयन भएका छन् । त्यस्तै कनकाईको अध्यक्षमा ज्योति उप्रेती, शिवसताक्षीमा मणिकुमार खड्का, कमलमा दीपक खरेल, गौरादहमा शान्तिराम पौडेल, दमकमा हेम सुवेदी र गौरीगञ्जमा गणेश पोखरेल चयन भएका छन् । त्यस्तै बाह्रदशी गाउँपालिकामा पीवी कटुवाल, झापा गाउँपालिकामा चन्द्रबहादुर कार्की, हल्दीवारीमा राकराज राना मगर, कचनकवलमा रविन्द्र ओझा, बुद्धशान्तिमा नारायण न्यौपाने अध्यक्ष पदमा चयन भएका छन् । त्यस्तै क्षेत्रीय अध्यक्षहरु क्रमश ः १ मा अशोक सुब्बा,२ मा दिपक मास्के, ३ मा नवराज (राजु) पनेरु ,४ मा नारायण पोखरेल , ५ मा भिमप्रसाद पौडेल चयन भएका छन् । त्यस्तै झापा क्षेत्र नम्वर १ ‘क’ को प्रदेश अध्यक्षमा दिपेस राई गोरे , ‘ख’मा राजकुमार राई ,२ ‘क’मा शंकर रिजाल, ‘ख’मा लवकुश गिरी ३ को ‘क’ मा पूर्ण राना मगर ‘ख’ मा रविन्द्र लिङ्देन, ४ को ‘क’ मा प्रकाश थापा , ‘ख’मा खेमनाथ बराल , ५ को ‘क’ मा इशुराज दाहाल तथा ‘ख’ को अध्यक्षमा जयप्रसाद गुरुङ चयन भएको निर्वाचन समिति संयोजक भवानी राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्