कुमरखोद, बैशाख १४ । झापा गाउँपालिका वडा नं २ झापा बजारमा रहेको कुमरखोद साना किसान कृषि सहकारी संस्थाका कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाईले कृषि औजार अनुदानमा दिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ईकाई झापाले मकै खेती चक्लाबन्दी कार्यक्रमअन्तर्गत कुमरखोद साना किसान कृषि सहकारीका कृषकहरुलाई कृषि सामग्री वितरण गरेको हो । हिजो एक कार्यक्रमका बीच कृषकहरुलाई स्प्रे टेंकी , हलो र मकै सुकाउने झुलहरु हस्तान्तरण गरिएको थियो ।
कुमरखोद साना किसान कृषि सहकारीकी अध्यक्ष कल्पनाकुमारी खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह रहेका थिए ।माधव पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा कृषि अधिकृत सन्तोष थापाले कृषि कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा कृषि प्राविधिक लक्ष्मी काफ्ले, कार्यवाहक वडाध्यक्ष कृष्णप्रसाद गणेश , वडा सचिव नारायण चम्लागाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन कुमरखोद साना किसानका प्रवन्धक रुपक राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्