गौरीगंज, बैशाख १४ । गौरीगंज गाउँपालिका वडा नं. १ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले लकडाउन गर्ने निर्णय गरेको छ ।

वडाध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा हिजो बिहान बसेको बैठकले बैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो । वडा नं. १ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले आपतकालिन बैठक बोलाएको थियो । उक्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउँसो ३ बजेदेखि ६ बजेसम्म किन्न पाउने र स्थानीय बजारहरू पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष राजवंशीले जानकारी दिए । भारतसँग सीमाना जोडिएको वडा भएकाले बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गरी सीमामा आवतजावत पूर्णरूपमा रोक लगाइएको राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्