बिर्तामोड , बैशाख १४ । कोरोना संक्रमण बढ्दै जाँदा त्यसबाट बच्न यात्रुहरुलाई निशुल्क मास्क वितरण गरिएको छ ।

बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला , प्रहरी चौकी बिर्ताबजारकी प्रहरी सहायक निरीक्षक जानुका चौहान , स्थानीय सामाजिक अभियन्ता रामेश्वर मण्डलको सक्रियतामा बिर्ताबजार र सैनिकमोडमा निशुल्क मास्क वितरण गरिएको हो । सवारी साधन तथा पैदल यात्रा गर्ने यात्रुहरुलाई सचेतनासहित मास्क प्रदान गरिएको सामाजिक अभियन्ता मण्डलले बताए । उनले यो अभियान एक सातासम्म जारी रहने जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्वमा यात्रुहरुलाई स्वास्थ्य सुरक्षाप्रति सचेतना गराईएको छ ।
सदरमुकाम चन्द्रगढीको लेखनाथ चौकमा कोरोनाबाट आफू बच्न र अरुलाई समेत बचाउने उद्धेश्यले सवारी साधन तथा पैदल यात्रा गर्ने यात्रुहरुलाई स्वास्थ्य सावधानीप्रति सचेतना गराईएको हो । स्वास्थ्य मापदण्डविपरित सवारी साधन तथा पैदल यात्रा गर्ने नागरिकहरुलाई सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी ,साना हातहरु नेपाल भद्रपुर शाखा र मानवअधिकारका लागि एक महिला समूह झापाको समेत सहभागितामा सावधानी अपनाउन आग्रह गरिएको हो । मास्क नलगाई आवतजावत गर्ने तथा पैदल हिड्ने यात्रु र व्यापार व्यवसाय गर्ने सर्वसाधारणलाई अनिवार्य रुपमा माक्स लगाउन र स्वास्थ्य सावधानी अपनाउन खबरदारी गरिएको थियो । विभिन्न स्वास्थ्य सावधानीसम्वन्धी पम्प्लेटसहित लेखनाथ चोक चन्द्रगढीमा प्रहरी नायव निरीक्षक देवेन्द्र सुवेदी ,सेवाकेन्द्र चन्द्रगढी अध्यक्ष ज्ञानबहादुर चौहान ,साना हातहरु नेपाल भद्रपुर अध्यक्ष जगत वाग्ले ,समुह झापा अध्यक्ष रेखा अधिकारीलगायतका सहभागीहरुले अनावश्यक भीडभाड नगर्न र सदैव स्वास्थ्य सावधानी अपनाउन आमनागरिकलाई सचेत गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्